यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

काठमाडौँ उपत्यकामा आधा महिनापछि हट्यो सवारीसाधनको जोरबिजोर

काठमाडौँ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकामा सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली आधा महिनापछि हटेको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेसँगै मध्यरातिबाट निर्णय लागू भएको हो ।

७ माघ मध्यरातिदेखि जोरबिजोर लागू भएको थियो । त्यसपछि १४ माघमा संशोधन गर्दै सार्वजनिक सवारीसाधनमा जोरबिजोर हटाइएको थियो । तर, निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले कोरोना महामारीमा जारी स्वास्थ्य मापदण्डको पालना गर्ने गरी जोरबिजोर हटाइएको बताउनुभयो । उहाँका अनुसार गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्क अनिवार्य गरिएको छ । 

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ७ : १९ बजे