यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

जुम्लामा  हिउँले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु, दर्जनौँ फसेको अनुमान

जुम्ला । जुम्लामा  हिउँले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु भएको छ ।  

तातोपानी गाउँपालिका–७ बारा गाउँका ४२ वर्षका मुन रावत र तातोपानी–८ की ३७ वर्षकी देवी शाहीको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको  प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार वडा नम्बर ७ का पुरुष गोठालो गएको समयमा हिउँमा परेर मृत्यु भएको र महिलाको सेतो चिनी कोर्न जाँदा मृत्यु भएको हो ।  

यसैगरी, तातोपानी गाउँपालिका८ मा १८ देखि  ५५ जना मानिस हिउँमा फसिरहेको तातोपानी गाउँपालिकाले अनुमान गरेको छ ।

‘जडीबुटी (खिरौँलो) कोर्न गएका १८ देखि ५५ जना मानिस फसेका भन्ने खबर आएको छ, तर यकिन  गर्न सकिएको छैन'', गाउँपालिका अध्यक्ष नवराज न्यौपाने भन्नुभयो, ''वडाध्यक्षहरूसँग समन्वय भइरहेको छ ।'' उहाँले हिउँमा फसेका मानिसहरू ऐडि ओडार, गाग्री ओडार, खोटी सल्लामा बसेको जानकारी दिनुभयो ।

प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार हराएको मानिस ओडारमा बसेको खबर प्राप्त भएको बताउनुभयो ।  

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले सो क्षेत्रमा खाद्यान्न बोकेर हेलिकोप्टर जाने तयारी भए पनि हिउँ धेरै परेकाले तत्काल उद्धार गर्न सकिने अवस्था नरहेको बताउनुभयो  । 

 

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  १० : १४ बजे