यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

पाल्पा प्रशासनले आइतवारदेखि सेवा दिने

पाल्पा । कार्यालयका कर्मचारीमा कोभिड सङ्क्रमण देखिएपछि बन्द रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाले अब नियमित सेवा दिने जनाएको छ ।  सङ्क्रमणका कारण बन्द रहेका जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय रामपुर तथा जिल्ला निर्वाचन कार्यालय पाल्पाले आइतवारदेखि सेवा नियमित गर्ने भएको हो ।
  
जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गर्दै मतदाता नामावली सङ्कलनको कार्य समेत नियमित हुने जनाएको छ । सेवाग्राहीले सेवा लिन आउदा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने तथा कोभिड १९ विरुद्धको खोपकार्ड, प्रतिलिपि वा मोबाइलमा खिचेको फोटो साथमा लिएर आउनुपर्नेछ ।     कार्यालयका कर्मचारीमा कोभिड सङ्क्रमण देखिएपछि गत माघ १४ गते देखि प्रशासनले स्वास्थ्य सर्तकता अपनाउँदै सेवा स्थगित गरेको थियो । 

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १० : ५२ बजे