यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जीप दुर्घटना, ६ जनाको मृत्यु

प्युठान । प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जन्ती जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । 

नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिवार बिहान ३ः०० बजे दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सत्यनारायण थापाका अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको छ  मृतक पहिचान खुल्न सकेको छैन । बेहुलासहित सात जना घाइते भएका छन् ।

जीप खोल्सामा खसेको थियो । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको प्रमुख थापाले बताउनुभयो ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ८ : ०५ बजे