यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

महिला आयोगमा १५ दिनमा घरेलु हिंसाका २ सय ९४ उजुरी 

​​​​​​​काठमाडौँ – राष्ट्रिय महिला आयोगमा माघ महिनामा मात्रै २ सय ९४ जना महिलाले आफै उपस्थित भएर घरेलु हिंसाका उजुरी दर्ता गराएको जनाएको छ । 

आयोगमा पदाधिकारी नियुक्त भएको एक वर्ष पुगेको अवसरमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले आर्थिक वर्ष २०७७÷२०७८ मा १३ सय ५२ घरेलु हिंसा र २ सय १८ महिला हिंसाका घटनाको उजुरी परेकामा ४ सय ११ जनालाई कानूनी परामर्श दिएको जानकारी दिनुभयो । 

आयोगका अनुसार  २०७८ साउन यता महिला हिंसाका ७ सय १३ उजुरी परेको छ । 

सीमित  स्रोत साधनका बीच आयोगले हिंसापीडित महिलालाई न्याय दिन र पीडकलाई कारबाही गराउन देशैभर विभिन्न कार्यक्रम गरिएको जनाउँदै अध्यक्ष पराजुलीले सम्बन्धित मन्त्रालय र निकायसँग समन्वय गरेर आगामी दिनमा अझै आयोगले सक्रियता देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

आयोगका सदस्य विद्याकुमारी सिन्हाले मधेस प्रदेशमा सबैभन्दा बढी महिला हिंसाका घटना भएको जानकारी  दिँदै हरेक घटनालाई राजनीतिकरण गरिँदा पीडितले न्याय पाउन नसकेको बताउनुभयो । 

कार्यक्रममा आयोगका अध्यक्ष शैलजा रेग्मीले एक वर्षमा महिला आयोगबाट भएका कार्यक्रमबारे जानकारी गराउनुभयो । 
आयोगले नेपालमा महिलाको अवस्थाबारे विस्तृत अध्ययन भइरहेको र त्यसको रिपोर्ट चाडै नै सार्वजनिक गरिने जनाएको छ ।

-यशोदा अधिकारी

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ३ : १९ बजे