यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

सर्वोच्च अदालतको सेवा सङ्कुचन २८ माघसम्म जारी रहने 

काठमाडौँ । सर्वोच्च अदालतको सेवा सङ्कुचन २८ माघसम्म जारी रहने भएको छ ।

कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट  ‘अमिक्रोन’ जोखिमका कारण १८ माघसम्म तय भएको सेवा सङ्कुचन बढेर २८ माघसम्म लम्बिएको हो ।

माघ ५ गतेदेखि बन्दी प्रत्यक्षीकरण र कोरोना महामारी सम्बन्धित सुनवाइ मात्रै गर्दै आएको सर्वोच्च अदालतको पूर्ण बैठकले थप १० दिन सेवा सङ्कुचनको निर्णयलाई लम्बाउने निष्कर्षमा पुगेको हो ।

मुलुकी फौजदारी संहिता, फौजदारी कार्यविधि बमोजिम थुनामा रहेका व्यक्तिको निवेदन र प्रतिवेदनका साथ मुद्दा दर्ता, पेसी, तारिख र जनस्वास्थ्य मापदण्ड कायम गरी जारी राख्ने पुर्ववर्त निर्णय भने यथावत् रहनेछन् ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ९ : १६ बजे