यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

स्थानीय तह निर्वाचनको मितिबारे कहिले हुन्छ निर्णय ?

काठमाडौँ । स्थानीय तहको निर्वाचनको मिति तोक्ने बारे सरकार र निर्वाचन आयोगबीच छलफल भएर आगामी जेठ ४ मा गर्ने सहमति भयो । 

प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच जेठ पाँचमा यसअघि निर्वाचित जनप्रतिनिधिको समय सकिनु अघि नै ४ गते निर्वाचन गर्ने सहमति भएको थियो । 

निर्वाचन आयोगका पदाधिकारीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार मन्त्रिपरिषद्बाट पास गराउने आश्वासन दिनुभएको थियो । त्यसै अनुरूप निर्वाचन आयोग स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । तर, निर्वाचनको मिति घोषणा हुन सकेको छैन । 

सामान्यता मन्त्रिपरिषद् बैठक सोमबार र बिहीबार बस्ने प्रचलन रहेको छ । बिहीबार मन्त्रिपरिषद्बाट स्थानीय तहको मिति तय हुने भनिएको भए पनि बैठक बसेको छैन ।  अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन  (एमसीसी) पास गर्ने विषयले सत्ता गठबन्धनमा दरार उत्पन्न भएको चर्चा चलिरहँदा स्थानीय तहको निर्वाचनको घोषणा ओझेलमा परेको देखिएको छ । 

एमसिसी पास गराउनुपर्ने दबाबमा रहनुभएका प्रधानमन्त्री देउवाले गठबन्धन दलहरूसँगको सहमतिमा यसलाई पास गर्दै निर्वाचन मिति घोषणा गर्ने तयारी गरेको कतिपयको आँकलन रहेको छ । 

स्थानीय तहको निर्वाचनमा गठबन्धनसहित चुनावी मैदानमा जान चाहिरहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमाथि प्रधानमन्त्री देउवाले एमसिसी पास गर्न दबाब बढाइ रहनुभएको छ ।

यदि त्यसो हुन नसके गठबन्धनको भविष्य नै अन्योलमा पर्ने सम्भावना रहेको विषयमा समेत चर्चा भइरहँदा प्रधानमन्त्री देउवाले निर्वाचन मिति बारेभन्दा पनि एमसिसी पास गर्ने विषयमा बढी जोड दिइरहनुभएको छ। 

 

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ७ : ३२ बजे