यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

हतियारसहित भारतीय प्रहरी बर्दियामा

बर्दिया । भारतीय प्रहरी हतियारसहित बर्दिया प्रवेश गरेको छ । भारतीय प्रहरीका दरोगा (उपरीक्षक)  बिहीबार बेलुकी करिब साढे ५ बजे सदरमुकाम गुलरियामा प्रवेश गरेका हुन् । यूपी ५३डीके ७४०६ नम्बरको प्रहरीको गाडीमा अनाधिकृत रुपमा आएका उनले पेस्तोल बोकेका थिए । 
प्रहरी पोसाकमाथि ज्याकेट लगाएका उनी कुन प्रयोजनका लागि नेपाल आएका हुन् भन्नेबारे अहिलेसम्म केही खुलेको छैन । 
उनी बर्दियाको एक पेट्रोल पम्पमा पुगी गाडीमा पेट्रोल भरेर फर्किएको स्थानीयले बताएका छन् ।
६ वर्षअघि पनि भारतीय प्रहरी हतियारसहित गुलरिया प्रवेश गरेका थिए । त्यसबेला मञ्जुलकुमार श्रेष्ठको घरबाट दुई जनालाई हतियार देखाउँदै अपहरण गरी लैजाने बेला स्थानीयले विरोध गरेपछि नेपालप्रहरीले स्कटिङ गरेर सिमामा पुर्याएको थियो । 

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ७ : ३२ बजे