रवि लामिछानेको आजको बयान सकियो

जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?

सरकारद्वारा उखुको मूल्य निर्धारण

प्यानासोनिकको जिभा स्वीच सकेट बजारमा

काठमाडौं । विद्युतीय निर्माण सामग्री क्षेत्रको अग्रणी एङ्कर वाई पानासोनिकले हयात प्लेस, काठमाडौंमा आयोजित एक भव्य कार्यक्रममा आफ्नो नवीनतम आविष्कार, जिभा स्वीच सकेटका उत्पादनलाई भब्यताका साथ अनवरण ग¥यो ।

उक्त कार्यक्रममा १५० प्रमुख  बिक्रेता र उद्योगका सरोकारवालाहरूको सहभागिता रहेको थियो । जसले नेपालमा उक्त उत्पादन बारे जानकारी दिनका लागी महत्त्वपूर्ण कोसे ढुङ्गाको रूपमा रहेको पाइन्छ । कार्यक्रममा एंकर बाई पानासोनीक, भारत बाट प्रमुख अतिथिको रूपमा श्री योशियुकी काटो, श्री विशाल नाङ्गलिया, र श्री सुनसुके मिजोले उपस्थित थिए, जसले जिभा उत्पादनका स्वीच सकेटहरूको बारेमा जानकारी गराए । उनीहरूले वस्तुको गुणस्तर, नवीनता, र खुद्रा विक्रेता र उपभोक्ताहरूलाई समान रूपमा मूल्य प्रदान गर्न ब्रान्डको प्रतिबद्धता लाई जोड दिएका थिए ।

Ziva उत्पादन ब्लअजयच दथ Anchor by Panasonic ​​​​​​​ को उत्कृष्टताको नवीनतम प्रयासको प्रमाण हो, जसले प्रतिस्पर्धी बजारमा ब्रान्डको लागि नयाँ सुरुवातको प्रतीक लाई जनाउने छ । अत्याधुनिक प्रविधि र आधुनिक सौन्दर्य शास्त्रका साथ डिजाइन गरिएको,Ziva ले स्थायित्व, कार्यक्षमता र शैलीलाई प्रतिनिधित्व गर्दछ, जसले ग्राहकहरूको विलासिताको आवश्यकताहरू पूरा गर्ने छ ।

विद्युतीय क्षेत्रमा अग्रणी ब्रान्डको रूपमा आफ्नो स्थानलाई सुदृढ गर्दै पावर व्यवसायमा Anchor by Panasonic ​​​​​​​ ले बजारमा आप्mनो उपस्थितिलाई सुदृढ पार्ने उद्देश्यले यो प्रक्षेपण गरिएको हो । यसले कम्पनीको डिलर र रिटेलर सञ्जाललाई नेपालभर विस्तार गरेको छ । दिगो विकासको लागि व्यवसायलाई बलियो बनाउँदै Ziva ;Fu, Anchor by Panasonic ले प्रतिस्पर्धी मूल्यहरूमा उच्च गुणस्तरको उपकरणहरू प्रस्तुत गरेको छ । ग्राहकहरूको लागि न्यूनतम मूल्यमा विश्वसनीयता सुनिश्चित गर्दै, नवीनता र उत्कृष्टता प्रति आफ्नो निरन्तर प्रतिबद्धता देखाएको छ ।

कार्यक्रममा बोल्दै, श्री योशियुकी काटोले भने, “जिभा उत्पादनले विद्युतीय निर्माण सामग्री उद्योगमा उत्कृष्टता प्रदान गरेको छ । Ziva ;Fu, Anchor by Panasonic को उत्पादनले विद्युतीय क्षेत्रमा नौलो आयाम परिभाषित गर्दै प्रिमियम उत्पादनहरू ग्राहक समक्ष प्रस्तुत गर्ने हाम्रो प्रतिबद्धतालाई मूर्त रूप दिएको छ । हामी  विश्वस्त छौँ कि यो प्रक्षेपणले नेपालको बजार, विकास र नव प्रवर्तनमा महत्त्वपूर्ण प्रभाव पार्नेछ ।

श्री विशाल नाङ्गलियाले हाइलाइट गरे, “हाम्रो लक्ष्य भनेको एङ्कर प्यानासोनिक ब्रान्डसँग गहिरो सम्बन्ध प्रवर्द्धन गर्दै हाम्रा खुद्रा विक्रेता र उपभोक्ताहरूलाई सशक्त बनाउने समाधानहरू प्रदान गर्नु हो। श्ष्खब ले आजको बजारको विविध आवश्यकताहरू पूरा गर्ने हाम्रो समर्पणलाई प्रतिनिधित्व गर्दछ। ”

श्री शुन्सुके मिजोले थपे, “यो प्रक्षेपण एङ्कर प्यानासोनिकको लागि महत्त्वपूर्ण क्षण हो किनभने हामीले गुणस्तर, डिजाइन र प्रविधिको संयोजन गर्ने उत्कृष्ट समाधानहरू प्रदान गर्नमा ध्यान केन्द्रित गर्न जारी राखेका छौँ। श्ष्खब सँग, हामी बजार मा एक नयाँ बेन्चमार्क सेट गर्न को लागी, नेपालका खुद्रा विक्रेताहरू र उपभोक्ताहरू सँग हाम्रो सम्बन्ध सुदृढ गर्ने लक्ष्य राख्छौँ।“

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  १२ : ४४ बजे