प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना हुनुभएको छ ।

उहाँलाई फोक्सोसम्बन्धी समस्या देखिएपछि उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

‘बुबालाई फोक्सोसम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । अहिले स्वास्थ्य स्थिति सामान्य छ ।’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेख्नुभएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  १ : ३७ बजे