खोला किनारको मापदण्ड खारेजीको माग गर्दै र्‍याली

काठमाडौं । खोला किनार मापदण्ड खारेजीको माग गर्दै र्‍याली निकालिएको छ ।

भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायी सडक तथा खोल मापदण्ड पीडित संघर्ष समितिले कुपण्डोल पुलबाट र्‍याली निकालेको हो । र्‍याली माइतीघर मण्डलासम्म आइपुगेको थियो ।

 उनीहरुले ‘जनतालाई उठिबास गर्ने गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेज गर’ लगायत नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन् ।

सर्वोच्च अदालतले नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमती लगायत उपत्यकाका ठूला नदी तथा खोलाहरुमा ४० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  १२ : ३५ बजे