सांसद बजगाईले मन्त्री पाण्डेसँग मागे माफी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसँग काँग्रेस सांसद राजेन्द्र बजगाईँले माफी माग्नुभएकाे छ ।

मन्त्री पाण्डेविरूद्व लगाएको आरोप फिर्ता लिँदै सांसद बजगाईँले माफी माग्नुभएकाे हाे । क्यासिनोलाई लाइसेन्स वितरणका क्रममा मन्त्री पाण्डेले करोडौँ घुस खाएको भन्दै सांसद बजगाईँले अभिव्यक्ति दिनुभएकाे थियाे ।

बजगाइँको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै मन्त्री पाण्डेले अनुशासनको कारबाही गर्न माग गर्दै बजगाईविरूद्व पार्टीमा उजुरी दिनुभएकाे थियाे । पार्टीले स्पष्टीकरण सोधेपछि सांसद बजगाईँले माफी माग्दै अभिव्यक्ति फिर्ता लिनुभएकाे हाे ।

बजगाईंले लेख्नुभएकाे छ, ‘सामाजिक एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति उपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो । मैले लगाएको आरोपले उहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ त्यस कारण उक्त लाञ्छित अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्रार्थी छु।’

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  १२ : ०८ बजे