मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज (मंगलबार) बस्दै छ ।

बैठक साँझ ५ बजेका लागि बोलाइएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

बैठकमा ट्रङ्कलाइन र डेडिकेटेड विद्युत सम्बन्धी विवाद लगायतका विषयमा छलफल हुने बताईएको छ ।

सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गर्दछ । गत बिहीबार बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित भएको थियो । हिजो सोमबार भने प्रधानमन्त्रीको व्यस्तताले बैठक रोकिएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ११ : ४८ बजे