कांग्रेसको निर्माण व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनित

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको निर्माण व्यवसायी समन्वय विभागमा १० जना सदस्य मनोनयन गर्नुभएको छ ।

सभापति देउवाले शुक्रबार विभागमा १० सदस्य मनोनयन गर्नुभएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो

कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मदनबहादुर अमात्य प्रमुख रहनु भएको विभागमा सभापति देउवाले सदस्य मनोनयन गर्नुभएको मुख्य सचिव पौडेलले बताउनुभयो ।

मनोनित हुनेहरुमा रवि सिंह, आङदोर्जे लामा शेर्पा, गोमाया खण्डलु, केशर बुढाथोकी, हिरा भगत, रमेश शर्मा, खिमप्रकाश मल्ल (राजेश), टेकबहादुर खड्का, यमबहादुर बि.सी, प्रकाशबहादुर सेठ्ठी हुनुहुन्छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ५ : २७ बजे