झ्याप्लेखोलाबाट २५ शव निकालियो

बीवाईडीले भन्यो– ‘नेपाल ‘प्राथमिकताको बजार’ हो  

काठमाडौं । संसारको सबैभन्दा ठुलो विद्युतीय कार ब्रान्ड बीवाईडीले नेपाली बजारलाई प्राथमिकतामा राखेको जनाएको छ । बीवाईडी ग्लोबलले नेपालको विद्युतीय सवारी (ईभी) बजारीकरणमा आफूहरूको भूमिका सर्वाधिक महत्त्वपूर्ण रहेको भन्दै यस्तो धारणा राखेको  हो ।

आफ्नो कुल विक्रीको करिब ९० प्रतिशत हिस्सा घरेलु बजार अर्थात् चीनभित्रै बेचे पनि विश्वव्यापी रूपमा ९० लाख गाडी विक्री गरिसकेको कम्पनीले ३ हजार गाडी बेचिएको नेपाली बजारको सन्दर्भमा यस्तो बताएको हो ।

हालैमात्र बीवाईडी एट्टो ३ को २०२४ भर्सन नेपालमा लन्च भएसँगै बीवाईडी ग्लोबलले प्रेस वक्तव्य निकालेर यस्तो बताएको हो । उसले वक्तव्यमा भनेको छ, ‘नेपालले विद्युतीय सवारीसाधनलाई राम्रोसँग अँगालेको छ, त्यसमा पनि बीवाईडी एट्टो ३ ले नेतृत्व गरिरहेको छ ।’

दुई वर्षभन्दा कम अवधिमा नेपालमा एउटै मोडलको ३ हजारभन्दा बढी गाडी बिक्री भइसकेको बीवाईडी ग्लोबलले जनाएको छ । यो गाडीले नेपालमा सबैभन्दा धेरै विक्री हुने एसयुभीको लोकप्रियता हासिल गरेको दाबी पनि कम्पनीको छ ।

नेपालमा आफ्नो उपस्थिति अझ बलियो बनाउन कम्पनी उत्साहित रहेको वक्तव्यमा भनिएको छ । एट्टो ३ को नयाँ भर्सनले नेपालको ईभी बजारमा आफ्नो नेतृत्वदायी भूमिकालाई अझ दर्बिलो पार्ने विश्वास कम्पनीको छ ।

त्यसैगरी बीवाईडी ग्लोबलले जारी गरेको उक्त प्रेस वक्तव्यले नेपाललाई आफ्नो ‘प्राथमिकताको बजार’ मात्रै भनेको छैन, केही पुराना आरोप र द्विविधाहरूमाथि पनि प्रष्टिकरण दिएको छ । पछिल्लो समय नेपालमा गाडीको मोटर क्षमताबारे प्रश्न उठिरहेको सन्दर्भलाई यो वक्तव्यले सम्बोधन गरेको देखिन्छ ।

उसले सन् २०२२ को अक्टोबरमा बीवाईडीको १५० किलोवाट मोटर क्षमताको एट्टो ३ औपचारिक रूपमा लन्च भएको वक्तव्यमा भनेको छ । तर २०२३ को फेब्रुअरीमा भने त्यही गाडी १०० किलोवाट मोटर क्षमतामा लन्च भएको उल्लेख छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ४ : १६ बजे