झ्याप्लेखोलाबाट २५ शव निकालियो

सिद्धार्थ बैंकले ल्यायो नयाँ अफर

काठमाडौं । बडा दशैंको अवसरमा सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको लागि विशेष योजना ल्याएको छ ।

यस ’ÚDashain 2X Rewards Offer अन्तर्गत बैंकका ग्राहकहरूले यही मिति २०८१ आश्विन ११ देखि ३० सम्म गरिएको कार्ड वा मोबाइल बैकिङ्ग कारोबारमा २ गुणा बढी प्वाइन्ट प्राप्त गर्न सक्ने गरी यो योजना ल्याएको हो ।

बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डस कार्यक्रम अन्तर्गत ग्राहकहरूले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गरेर खरिद (POS tyf E–commerce) र मोबाइल बैकिङ्गबाट गरेका टपअपको आधारमा रिवार्डसमा सामान्यतः प्राप्त हुने प्वाइन्टको दोब्बर प्वाइन्ट प्राप्त गर्न सक्नेछन् । यसरी आर्जन गरेको पोइन्टसलाई हवाई टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरू लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सक्ने कुरा बैंकले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ३ : ४७ बजे