हिमालयन लाइफ इन्स्योरेन्सले ग¥यो अधिकतम ८५ रुपैयाँसम्म बोनस दिने घोषणा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले अधिकतम ८६ रुपैयाँसम्म बोनस दर दिने भएको छ । उक्त कम्पनीले हालै नयाँ बोनस दर सार्वजनिक गरेको हो ।
त्यसैगरी कम्पनीले जारी गरेको सावधिक बीमालेखमा अधिकतम ६४ रुपैयाँसम्म, सावधिक तथा आजीवन बीमा योजनामा अधिकतम ७५ रुपैयाँसम्म, जीवन उपहार अग्रिम भुक्तानीमा ४८ रुपैयाँ, जीवन उपहार सावधिक बीमालेखमा ३२ रुपैयाँ, सावधिक बीमालेखमा अधिकतम ७६ रुपैयाँ, सावधिक तथा आजीवन बीमा योजनामा अधिकतम ७३ रुपैयाँ र अग्रिम भुक्तानी सावधिक बीमालेखमा अधिकतम ४६ रुपैयाँ बोनस दर कायम गरेको छ ।
सावधिक तथा आजीवन जीवन बीमा योजनामा अधिकतम ७४ रुपैयाँ, सिमित भुक्तानी सावधिक तथा आजीवन जीवन योजनामा अधिकतम ५० रुपैयाँ, वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनामा अधिकतम ३३ रुपैयाँ, अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजनामा अधिकतम ४१ रुपैयाँ, जीवन आधार जीवन बीमा योजना अन्तर्गत अधिकतम ५० रुपैयाँ, जिवन सम्पन्न बीमा योजना अन्तर्गत अधिकतम ५३ रुपैयाँ, जीवन उत्थान बीमा योजना अन्तर्गत अधिकतम ४० रुपैयाँ, जीवन आवरण बीमा योजना अन्तर्गत अधिकतम ४३ रुपैयाँ र बालबच्च सावधिक जीवन बीमा योजना अन्तर्गत अधिकतम ३९ रुपैयाँ बोनस दर कम्पनीले कायम गरेको छ ।
उल्लेखित बोनस दर मृत्यु दाबी भुक्तानी, पूर्ण वा आंशिक अवधिको दाबी भुक्तानी, समर्पण मूल्य दाबी भुक्तानी, चुक्ता मूल्य दाबी भुक्तानी तथा चालू बीमालेखहरुमा कायम हुने जानकारी समेत कम्पनीले दिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १ : ११ बजे