एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ५ लाख १४ हजार ४६५ कित्ता संस्थापक शेयर शुक्रबारदेखि बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरि यी शेयर बिक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय मैतिदेवि, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको मितिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने कुरा कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १ : ०८ बजे