ग्लोबल आइएमई बैंकले सेयर धितोमा ५ देखी २५ लाखसम्म कर्जा दिने, यस्तो छ योजना

काठमाडौँ । ग्लोबल आइएमई बैंकले सेयर धितोमा कर्जा दिने योजना ल्याएको छ ।
सो योजना अन्तर्गत फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । त्यसकालागि इच्छुक व्यक्तिले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । यो सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम रु. ५ लाख देखि अधिकतम रु. २५ लाखसम्म तोकिएको छ ।
बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रक्रियाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्नेछन् ।
यस प्रकृयामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सक्नेछन् ।
यो कर्जाको निमित्त धितोको रूपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयम्को हुनु पर्नेछ, निवेदक बाहेक अन्य व्यक्तिको सेयरहरू धितोको रूपमा स्वीकार गरिने छैन भने यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्सलमा पनि उपलब्ध छ ।
स्मरण रहोस् ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना समस्त ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १ : १७ बजे