झ्याप्लेखोलाबाट २५ शव निकालियो

डब्लूएचओ भन्छ : ओमिक्रोन अप्रत्याशित ढङ्गले फैलियो, नजरअन्दाज गर्दा परिणाम भयानक

न्युयोर्क । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी रूपमा अप्रत्याशित ढङ्गले तीव्र फैलिएको जनाएको छ । 

नयाँ भेरियन्ट अहिलेसम्म ७७ देशहरूमा फैलिइसकेको पुष्टि भइसकेको छ । 

डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम घेब्रियसले नयाँ भेरियन्ट ७७ बाहेक अन्य देशहरूमा पनि फैलिएको हुनसक्ने अनुमान गर्नुभएको छ । ओमिक्रोन नियन्त्रण गर्न देशहरूले पर्याप्त तयारी नगरेको उहाँले बताउनुभयो । 

“अहिले धेरैले नयाँ भाइरसलाई नजरअन्दाज गरेका छन् । ओमिक्रोनले गम्भीर असर नगरे पनि यसको अप्रत्याशित सङ्क्रमण दर वास्तवमै चिन्ताजनक छ,” उहाँले भन्नुभयो ।

ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा नोभेम्बरमा देखिएको थियो । नयाँ भेरियन्ट देखिएसँगै दक्षिण अफ्रिकामा दैनिक सङ्क्रमितको सङ्ख्या पनि बढेको छ । स्वयम राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड भएको छ र उहाँ अहिले आइसोलेसनमा हुनुहुन्छ । 

ओमिक्रोनको कारण देखाउँदै विभिन्न देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् ।  नयाँ भेरियन्टका लागि बुस्टर डोज आवश्यक भएको भन्दै केही देशले खोप अभियानलाई तीव्र पारेका छन् । एजेन्सी 

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ९ : २८ बजे