झ्याप्लेखोलाबाट २५ शव निकालियो

एमालेमा मनोनित भएका ४४ जना केन्द्रीय सदस्यहरूको आज शपथ ग्रहण हुँदै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनित हुनुभएका ४४ जना सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ ।

तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान भवन च्यासलमा आज बिहान ११ः०० बने पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ गराउने हुने बताइएको छ  । 

यही मङ्सिर २५ र २६ गते बसेको एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले ४४ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने निर्णय गरेको थियो ।

बैठकले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

 

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ९ : ०३ बजे