झ्याप्लेखोलाबाट २५ शव निकालियो

काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्यो

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर चिसो झन् बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकासहितका सहरमा दिउँसो घाम लागे पनि बिहान र राति तापक्रम घट्ने गरेको छ । 

पछिल्लो २४ घण्टामा काठमाडौँको तापक्रम ४.२ डिग्री सेल्सियसमा झरेको छ । यहाँको अधिकतम तापक्रम पनि २० डिग्री रहेको छ ।

जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री रहँदा अधिकतम तापक्रम १५.४ डिग्री मात्र छ । धनगढीको तापक्रम ८.३ डिग्रीमा झरेको छ, त्यहाँ अधिकतम तापक्रम २४ डिग्री छ ।

नेपालगन्जको न्यूनतम तापक्रम ९, विराटनगरको ५.९, पोखराको ८ र विराटनगरको ९.५ डिग्री रहेको छ ।  मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

बुधवार बिहान पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ मङ्सिर २९ गते (बुधवार)
​​​​​​​दिउँसो
: देशको पहाडी भू–भागमा आंशिक बदली  रही  बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशको पहाडी भू–भागमा आंशिक बदली  रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७८ पौष १ गते(बिहीबार) 
दिउँसो :
प्रदेश १ तथा प्रदेश २ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७८ पौष २ गते (शुक्रवार)
दिउँसो :
सुदूरपश्चिम, कर्णाली, लुम्बिनीमा आंशिकदेखि सामान्य बदली रहने साथै गण्डकी तथा प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

सुदूरपश्चिम प्रदेशका थोरै भू–भागमा हल्का वर्षा र उक्त प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका थोरै भू–भागमा हल्का वर्षा र देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ७ : ५६ बजे