झ्याप्लेखोलाबाट २५ शव निकालियो

कांग्रेस महाधिवेशनमा लफडा : फोटो पत्रकारले गरे ‘क्यामरा डाउन’ 

​​​​​​​​​​​​​​काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि आज भएको मतदानमा फोटो पत्रकार र सुरक्षाकर्मीबीच तनाव सृजना भएको छ । 

प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाले मतदान गर्नुभएको तस्बिर र भिडियो लिन खोज्दा सुरक्षाकर्मीले अवरोध गरेपछि पत्रकार र सुरक्षाकर्मीबीच तनाव सृजना भएको हो । 

सभापति देउवाले मतदान गर्नुभएको तस्बिर र भिडियो लिन खोज्दा सुरक्षाकर्मीले अवरोध गरेका थिए । फोटो पत्रकारहरुले अपमान भएको भन्दै क्यामरा डाउन गरेका छन् । फोटो पत्रकारहरुले क्यामेरालाई सडकमा राखेर विरोध जनाएका छन् । 

कांग्रेसको आगामी केन्द्रीय कार्यसमिति सदस्यका लागि अहिले मतदान भइरहेको छ । भृकुटीमण्डप, राष्ट्रियसभा गृह र पुलिस क्लवमा मतदान केन्द्र राखिएको छ । 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १२ : २४ बजे