झ्याप्लेखोलाबाट २५ शव निकालियो

भोलिदेखि संसद् अधिवेशन सुरु हुँदै, आज सांसदको कोरोना परीक्षण गरिने 

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको अधिवेशन मङ्गलवारबाट सुरु हुँदैछ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले यही मङ्सिर १६ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा भोलि मङ्गलवार दिउँसो २ः०० बजेका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको थियो । 

भोलिदेखि सुरु हुने अधिवेशनलाई मध्यनजर गरी संसद् भवनको स्काई हलमा सभामुखसहित सङ्घीय संसद्मा आबद्ध सबैको एन्टीजेन विधिबाट कोभिड–१९ को परीक्षण गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार संसद्का सांसददेखि सुरक्षाकर्मीहरूसम्मको सोमबार अपराह्न ३ः०० बजेसम्म एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिनेछ ।

त्यस्तै, दुवै सदनको अधिवेशन मङ्गलवारबाट सुरु हुने भएपछि सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान ११ः०० बजे बैठक स्थल लगायतको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ९ : ५४ बजे