झ्याप्लेखोलाबाट २५ शव निकालियो

कोइराला परिवार फुट्यो, प्रकाशमान र सुजाता एकै ठाउँमा

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा कोइराला परिवार विभाजित भएको छ । 

केही अघिसम्म सुजाता कोइराला, डा.शशाङ्क कोइराला र डा.शेखर कोइरालाले काँग्रेस नेतृत्वमा मिलेर जाने सहमति गरेका थिए । तर, मनोनयन दर्ता गर्ने बेलासम्म कोइराला परिवार नै विभाजित बनेको छ ।

कोइराला परिवारकी सदस्य सुजाता कोइरालाले प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार दर्ता गराउने हुनुभएको छ । 

केही समयपछि प्रकाशमान सिंह सभापति र सुजाता उपसभापतिको उम्मेदवारी घोषणा हुनेछ । अन्य पदाधिकारीमा भने टुङ्गो लागि नसकेको प्रकाशमान सिंहका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिनुभयो।

संस्थापन र निधि प्यानलले मनोनयन दर्ता गरेपछि मात्र सिंहले अन्य पदाधिकारीको टुङ्गो लगाउने भएको छ । उता, शेखर कोइराला समूहले भने गगन थापा र डा.मिनेन्द्र रिजाललाई महामन्त्रीमा उम्मेदवारी बनाउने निश्चित जस्तै भएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ११ : ५८ बजे