झ्याप्लेखोलाबाट २५ शव निकालियो

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, स्थायी कमिटी र पोलिट्ब्युरो गठन हुने

काठमाडौँ  । स्थायी कमिटी र पोलिट्ब्युरो गठन लगायतका बिषयमा छलफल गर्न नेकपा (एमाले) को १०औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । 

पार्टीको १०औँ महाधिवेशनपछि दोस्रो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । केन्द्रीय कमिटीको पहिलो बैठक भने महाविधेशनस्थल चितवनको सौराहामै बसेको थियो।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार भक्तपुरस्थित जर्मनहाउस हस्पिटालीटी गठ्ठाघरमा आज र भोलि दुई दिनसम्म केन्द्रीय कमिटी बैठक सञ्चालन हुनेछ ।

बैठकमा बाँकी रहेका केन्द्रीय सदस्यको शपथ ग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्यूरो र स्थायी कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन र नेताहरूको कार्य विभाजन लगायतका १५ एजेण्डा रहेको कार्यालय सचिव तामाङले जानकारी दिनुभयो ।  

एमालेको दशौँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक आज दिउँसो १ बजे बसिने तामाङले बताउनुभयो । 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ८ : ११ बजे