झ्याप्लेखोलाबाट २५ शव निकालियो

काँग्रेस प्रदेश नं १ का सभापतिमा उद्धव थापा निर्वाचित

विराटनगर । नेपाली काँग्रेसको प्रथम प्रदेश नं १  अधिवेशनबाट सभापति पदमा उद्धव थापा निर्वाचित हुनुभएको छ । 

शनिवार भएको निर्वाचनबाट उहाँले ८४४ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८४० मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी, उपसभापतिमा टङ्कप्रसाद राई र रमेशजङ्ग रायमाझी, महामन्त्री द्वय उमेश थापा र भूपेन्द्र राई, सह महामन्त्रीमा प्रमीलाकुमारी गच्छदार, खड्ग फागो र विनोदकुमार बस्नेत विजयी हुनुभएको काँग्रेस मोरङले जनाएको छ । 

अन्य पदको मतगणना जारी छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ७ : २२ बजे