झ्याप्लेखोलाबाट २५ शव निकालियो

आजदेखि कानुन व्यवसायीले नियमित बहस गर्ने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएका कानुन व्यवसायीहरुले आजदेखि नियमित बहस पैरवी गर्ने भएका छन्।

प्रधानन्यायाधीशविरुद्ध करिब १ महिनादेखि आन्दोलित कानुन व्यवसायीहरु आजदेखि काममा फर्किने नेपाल बार एसोसिएसनले जनाएको छ। यद्देपी उनीहरुले जबराविरुद्ध आन्दोलनका कार्यक्रमलाई भने जारी राख्ने बताएका छन्। सर्वोच्चमा आइतबारका लागि ३३६ मु्द्दाका लागि १० इजलास गठन गरिएको छ।

नेपाल बार एसोसीएसनको उपाध्यक्ष रक्षा बस्यालले तामेली, बन्दीप्रत्यक्षीकरणलगायतका मुद्दाको बहस गर्ने तर प्रधानन्यायाधीशविरुद्धको आन्दोलन जारी राख्ने बताइन्।

उनले भनिन्, ‘सर्वोच्चमा गोला प्रक्रियाबाट मुद्दाको पेशी तोकिसकेको अवस्था छ। न्यायाधीशहरु नियमित इजलासमा फर्किसक्नु भएको छ। तरपनि प्रधानन्यायाधीशले राजीनामा दिनु भएको छैन। आफूहरुले तामेली, बन्दीप्रत्यक्षीकरणलगायतका मु्द्दाको बहस गरेपनि आन्दोलनका कार्यक्रमलाई पनि निरन्तरता दिन्छौं।’

प्रधानन्यायाधीशप्रति असन्तुष्ट सर्वोच्चका न्यायाधीश पनि नियमित इजलासमा फर्किसकेका छन्। गोला पक्रियाबाट मुद्दाको पेशी तोकिएसँगै उनीहरु काममा फर्केका हुन्।

नेपाल बारले प्रधानन्यायाधीश जबराको बहिरगनको माग गर्दै संसद्‍मा रहेका राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाइसकेको छ। ज्ञापनपत्र बुझाउने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा छलफल गर्ने बचन दिएका थिए।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १ : ३८ बजे