झ्याप्लेखोलाबाट २५ शव निकालियो

काँग्रेसको कर्णाली प्रदेश सभापतिमा ललित जङ्ग शाही निर्वाचित

कर्णाली । नेपाली काँग्रेसको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट सभापति पदमा ललित जङ्ग शाही निर्वाचित हुनुभएको छ । 

शनिवार भएको निर्वाचनबाट उहाँले प्रतिद्वन्द्वी भूपेन्द्र जङ्ग शाहीलाई १०५ मतान्तरले हराउँदै प्रदेशको पहिलो सभापति बन्न सफल हुनुभएको हो । 

निर्वाचन समितिका अनुसार सभापति पदमा विजयी ललित जङ्गले ४२२, उहाँका प्रतिद्वन्द्वी भूपेन्द्र जङ्गले ३१७ र मोतीराज बमले सात मत प्राप्त गर्नुभएको थियो । 

सभापतिमा निर्वाचित जुम्ला निवासी ललित जङ्ग दोस्रो संविधानसभामा सदस्य हुनुहुन्थ्यो ।

कूल ७७१ मतदाता रहेको प्रदेश अधिवेशनमा ७५४ मत खसेको थियो भने आठ मत बदर भएको थियो । निर्वाचन समितिका सदस्य विवशकुमार बस्नेतले अन्य पदहरूको मतगणना जारी रहेको बताउनुभयो । 

काँग्रेसको विधानमा प्रदेश कार्यसमितिको पदाधिकारीमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सह महामन्त्री पुरुषतर्फ दुई र महिलातर्फ एक निर्वाचित हुने व्यवस्था छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ७ : ५८ बजे