झ्याप्लेखोलाबाट २५ शव निकालियो

हिउँले मनाङका डाँडाकाँडा सेताम्मे, माथिल्लो क्षेत्र नजान पर्यटकलाई अनुरोध

लमजुङ । हिमाली जिल्ला मनाङका डाँडाकाँडा हिउँले सेताम्मे बनेका छन् । 

माथिल्लो मनाङ र नार्पाभूमिका बस्तीमा बिहीबारदेखि हिमपात भइरहेको स्थानीयले बताएका छन् । 

माथिल्लो मनाङको थोराङलाफेदी, याक खर्क, बेसक्याम्प, तिलिचो क्षेत्रमा हिउँ परेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको बस्तीमा हिमपात भएको बताउनुभयो ।

मनाङ ङिस्याङ गाउँपालिकाको हुम्देदेखि माथिल्लो भागमा हिउँ परेको छ । 

जिल्ला प्रशासन कार्यालय मनाङले उच्च पहाडी र हिमाली भू–भागमा हिमपातका कारण तापक्रममा गिरावट आई चिसो बढ्न सक्ने हुनाले सतर्कता अपनाउन आग्रह गरेको छ । 

हिउँ परेपछि तल्लो क्षेत्रमा पनि चिसो बढेको छ । मनाङको ढिकुरपोखरी (३,२४० मि.)  देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको प्रजिअ आचार्यले बताउनुभयो । 

“अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले माथिल्लो क्षेत्रमा हिमपात भएकाले पर्यटकलाई गन्तव्यतर्फ नजान भनिएको छ ।”,  उहाँले भन्नुभयो,  मौसममा सुधार आएपछि मात्र पर्यटकलाई गन्तव्यमा जान एक्याप मनाङले अनुरोध गरेको छ । 

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  १० : ५३ बजे