झ्याप्लेखोलाबाट २५ शव निकालियो

राजनीति गतिरोधको अन्त्य गर्न ताजा जनादेशमा जाऔँ : अध्यक्ष ओली

काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न ताजा जनादेशमा जानुपर्ने बताउनुभएको छ ।  

शुक्रबार पार्टी कार्यालयमा पुगेर पदबहाली ग्रहण गर्नुहुँदै अध्यक्ष ओलीले देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न अब ताजा जनादेशमा जानुको विकल्प नरहेको बताउनुभयो ।  

अदालतमा देखिएको अवस्था पाँचदलीय गठबन्धनको विसंगतिको प्रतिबिम्ब रहेको भन्दै उहाँले गलत फैसला गराएर अदालतको हुर्मत लिने काम गठबन्धनले गरेको  बताउनु भयो  । सरकारले देशको समय बर्बाद बनाइरहेको भन्दै अध्यक्ष ओलीले २८ मंसिरमा बोलाएको संसद् बैठक चल्न नसक्ने चेतावनी दिनुभयो  । 

‘सभामुखले एमालेले निष्कासन गरेका नेतालाई संरक्षण गर्ने, एमाले फुटाउन लाग्ने, यस्ता कार्यले सभामुख निष्पक्ष हुन सकेनन्’, उहाँले भन्न्ुभयो, न्यायालय र संसदमा देखिएका समस्या समाधान गर्न सरकार लाग्नुपर्ने हो । तर, विपरीत दिशामा अघि बढेको छ ।’ 

यस्ता गतिविधिले देश चल्न नसक्ने भन्दै अध्यक्ष ओलीले अब ताजा जनादेशमा गएर देशलाई निकास दिनुपर्ने बताउनुभयो । वर्तमान सरकारको छिटोभन्दा छिटो अन्त्य गर्नुपर्ने भन्दै उहाँले जनताले आउँदो निर्वाचनमा मुल्यांकन गरेर फैसला गर्ने बताउनुभयो । 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  २ : ३१ बजे