झ्याप्लेखोलाबाट २५ शव निकालियो

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज 

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमित भई बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज डिस्चार्ज हुनुभएको छ । 

कोरोना भाइरस सङ्क्रमित भई मङ्सिर १३ गते अस्पताल भर्ना हुनुभएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनमा आज डिस्चार्ज हुनुभएको अस्पतालले जनाएको छ ।

''मङ्सिर १३ गतेदेखि यस अस्पतालमा कोभिड–१९ निमोनियाको लागि उपचार गराइरहनुभएका प्रधानन्यायाधीश जबरा बिहान साढे  ९  बजे स्वास्थ्य लाभ गरी डिस्चार्ज हुनुभएको छ” अस्पतालद्वारा  जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ११ : १९ बजे