काठमार्डौ । भक्तपुरमा भोलिदेखि फोटोसहितको मतदाता नामावली सङ्कलनका कार्य शुरु हुने भएको छ । आसन्न सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेपछि सूर्यविनायक नगरपालिकाले मतदाता नामावली संकलन सम्बन्धी कार्यक्रम सार्वजनिक गरेको हो । भोलिदेखि १५ दिन सम्म चल्ने मतदाता नामावली संकलन कार्य सूर्यविनायक नगर अस्पताल, जगाती भक्तपुरमा गरिने सूर्य विनायक नगर कमिटीका अध्यक्ष रविन्द्र सापकोटाले बताउनुभयो ।
नगरपालिकाले जिल्लास्थित विभिन्न राजनैतिक दल तथा जनप्रतिनिधि अभियानकोबारेमा जानकारी दिएको छ ।
नामावली दर्ताका लागि १८ वर्ष उमेर पुगेका नागरिकले नागरिकताको सक्कल र प्रतिलिपिसहित तोकिएको स्थानमा पुग्नुपर्ने छ ।
स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै जिल्लामा नागरिकहरू स्वतस्फूर्तरुपमा फोटोसहितको मतदाता नामावली सङ्कलनको काम गरिरहेका छन् । जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ताले पनि मतदाता नामावली दर्ता गराउन आह्वान गरिरहेका छन् ।
यस्तो छ तालिका
प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार ८ : ४५ बजे
प्रतिक्रिया