झ्याप्लेखोलाबाट २५ शव निकालियो

प्रधानन्यायाधीशलाई बिदामा बसेर कार्यवाहक तोक्न सत्ता गठबन्धनको सुझाव

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सत्ता गठबन्धनका शीर्ष नेताहरूले सुझाव दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले प्रधानन्यायाधीश जबरालाई बिदामा बस्न सुझाव दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानन्यायाधीश जबराको राजीनामाको विषयलाई लिएर लामो समयदेखि सर्वोच्चमा अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर अदालतको काम कारबाही अघि बढाउन शीर्ष नेताले जबरालाई सुझाव दिएका हुन्। 

प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठबन्धनले निष्कर्ष निकालेको  सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरूको सहभागिता थियो।

 

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ११ : ३५ बजे