झ्याप्लेखोलाबाट २५ शव निकालियो

राप्रपाको चुनावी प्रक्रिया आज, अध्यक्षमा थापा र लिङ्देन भिड्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज आजबाट चुनावी प्रक्रिया सुरु हुँदै छ । 

अध्यक्ष त्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनको बुधवार भृकुटीमण्डपमा उद्घाटन गर्नुभएको थियो । 

उद्घाटन सत्र सकिए लगत्तै भृकुटीमण्डपमा महाधिवेशनको बन्द सत्र सुरु भइसकेको र आज निर्वाचन प्रक्रिया सुरु हुने राप्रपा नेता राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

राप्रपा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । 

महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीसहित एक सय ४१ जना सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । 

महाधिवेशनमा अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री निर्वाचित हुनेछन् । निर्वाचित अध्यक्षले केही पदाधिकारीसहित ५० जना केन्द्रीय सदस्य मनोनीत गर्ने राप्रपाको विधानमा व्यवस्था रहेको छ ।

निर्वाचित अध्यक्षले सात जना सह महामन्त्री, सात जना सहायक महामन्त्री, एक जना कोषाध्यक्ष, प्रवक्ता, सह प्रवक्ता र सहायक कोषाध्यक्ष मनोनीत गर्ने व्यवस्था विधानमा छ । 

महाधिवेशनमा देशभरिबाट करिब ४ हजार २ सय महाधिवेशन प्रतिनिधि सहभागी छन् । 

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ९ : ३४ बजे