झ्याप्लेखोलाबाट २५ शव निकालियो

लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ दिवसमा सहभागी हुन राष्ट्रपति आज लुम्बिनी जानुहुँदै 

लुम्बिनी  । राष्ट्रपति विद्यादेवी भण्डारी आज रुपन्देही र कपिलवस्तुका विभिन्न कार्यक्रममा सहभागी हुनुहुने भएको छ । 

राष्ट्रपति भण्डारी लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ दिवसका अवसरमा आयोजित मूल कार्यक्रमको आज उद्घाटन गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ । 

राष्ट्रपतिले  लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ दिवसका अवसरमा आयोजित मूल कार्यक्रमको दिउँसो १ः०० बजे उद्घाटन गर्ने विश्वविद्यालयका रजिष्ट्रार डा.तिलकराम आचार्यले जानकारी दिनुभयो ।

यस्तै, राष्ट्रपति भण्डारीले कपिलवस्तुको वाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा निर्माण गरिएका प्रवेशद्वार र विश्राम गृहको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

स्थापना दिवसका अवसरमा राष्ट्रपति भण्डारीले विश्वविद्यालयले आयोजना गरेको प्रथम त्रियान प्रज्ञा सम्मेलन तथा पुस्तकालय भवन उद्घाटन गर्नुहुने कार्यक्रम रहेको विश्वविद्यालयका रजिष्ट्रार डा.आचार्यले जानकारी दिनुभयो । 

विश्वविद्यालयका सूचना अधिकृत चूडामणि पोखरेलका अनुसार तीन तले पुस्तकालय भवनमा  बैठक कक्ष, इ लाइब्रेरी, पुस्तक कक्ष, आइटी रुम, भिडियो कन्फ्रेन्स रुम र ५०० क्षमताको सभा हल रहेका छन् । उक्त केन्द्रीय पुस्तकालय रु नौ करोड २० लाखको लागतमा विश्वविद्यालयले निर्माण गरेको हो । 

स्थापना दिवसको मूल समारोहमा राष्ट्रपतिले राष्ट्रपतिले विश्वविद्यालयले प्रकाशन गरेका छ वटा पुस्तक अशोक वदान, इतिवुत्तक, बुद्धवंश, बुद्ध र ब्रह्म, सिद्धार्थ चरित्रम् पुस्तकको लोकार्पण गर्नुहुने रजिष्ट्रार आचार्यले जानकारी दिनुभयो । 

त्यस्तै, बुद्ध मूर्तिको अनावरण र सम्मान कार्यक्रमसमेत राखिएको छ । त्रियान प्रज्ञा सम्मेलन कार्यक्रममा नेपालमा अभ्यास भइरहेका बौद्ध दर्शनका यी तीन बाटोको संस्कृतिलाई समृद्धिसँग कसरी जोडेर लैजान सकिन्न भन्ने विषयमा सम्मेलन गर्न लागिएको रजिष्ट्रार आचार्यले जानकारी दिनुभयो । 

उहाँले थेरवाद र महायान बौद्ध दर्शनका दुई पाटामध्ये नेपालमा महायानभित्र पनि बज्रयानको संस्कृतिलाई समृद्धिसँग कसरी जोड्न सकिन्छ भन्ने विषय विज्ञमार्फत सम्मेलनमा मन्थन हुने उहाँले बताउनुभयो । 

यसैगरी, राष्ट्रपति भण्डारीले आज नै कपिलवस्तुको वाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा दुई वटा प्रवेशद्वार र विश्राम गृहको उद्घाटन गर्नुहुने भएको छ । 

राष्ट्रपति भण्डारीले कैलाश आश्रममा सञ्चालन भइरहेको महायज्ञमा सरिक हुनुहुने र संक्षिप्त मन्तव्यको कार्यक्रमसमेत रहेको वडा नं २ का अध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । 

उक्त क्षेत्रमा आश्रम १२ हेक्टर धार्मिक बनको क्षेत्रमा निर्माणाधीन रहेको र धार्मिक पर्यटकका हिसाबले विकास गरिने लक्षका साथ अघि बढाइएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ७ : १० बजे