काठमाडौं– नेकपा एमालेको दशौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित नेता केपी शर्मा ओलीलाई अमेरिकाले बधाई दिएको छ ।
बुधबार काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्षलाई बधाई दिएको हो ।
अमेरिकाले लोकतन्त्र, पारदर्शिता, उत्तरदायित्व र निश्पक्ष तथा धाँधलीरहित चुनावको पक्षमा आफू रहेको समेत बधाई सन्देशमा बताएको छ ।
प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार ५ : १७ बजे
प्रतिक्रिया