झ्याप्लेखोलाबाट २५ शव निकालियो

१८ सय ४० मतसहित केपी ओली एमाले अध्यक्षमा निर्वाचित, यस्तो छ पदाधिकारीको टीम

​​​​​​​चितवन । नेकपा एमालेको अध्यक्षमा अत्यन्तै फराकिलो मतसहित केपी शर्मा ओली पुनः निर्वाचित हुनुभएको छ । चितवनको सौराहामा सम्पन्न महाधिवेशनमा निर्वाचनमार्फत अध्यक्ष ओली फराकिलो मतसहित दास्रोपटक अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

ओलीले १८ सय ४० मत पाउनु भएको एमाले नेता राजन भट्टराईले जानकारी दिनुभयो। उहाँलाई चुनौती दिनुभएका नेता भीम रावलले २ सय २३ मत पाउनु भएको छ । चितवनमा १० गतेदेखि जारी महाधिवेशनमा १४ गतेमात्रै चुनाव भएको थियो । अध्यक्षका प्रत्यासी भीम रावललाई अत्यन्तै धेरै मतान्तरले पछि पार्दै नेकपा एमाले अध्यक्षमा ओली निर्वाचित हुनुभएको हो ।

त्यस्तै उपाध्यक्षमा सबैभन्दा धेरै अष्टलक्ष्मी शाक्यले मत पाउनुभएको छ भने दोस्रोमा सुरेन्द्र पाण्डेले रहनुभएको छ ।

उपाध्यक्षमा रामबहादुर थापा बादल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, युवराज ज्ञवाली निर्वाचित हुनुभएको छ ।  

अष्टलक्ष्मी शाक्यले १९७६ मत पाउनुभएको छ भने पाण्डेले १९२५ मत ल्याएका छन्। त्यस्तै विष्णु पौडेलले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र बादलले १७६८ मत पाप्त गर्नुभएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ४ : ५३ बजे