झ्याप्लेखोलाबाट २५ शव निकालियो

एमाले उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यलाई सर्वाधिक मत, यस्तो छ अन्यको नतिजा 

चितवन – नेकपा एमालेको दसौं महाधिवेशनबाट घनश्याम भुसाल उपाध्यक्षमा पराजित हुनुभएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको थियो ।

आज दिउँसो सार्वजनिक भएको मतपरिणाममा भुसालले अरू ६ जना उम्मेदवारभन्दा कम मत प्राप्त गर्नुभएको छ। उपाध्यक्षमा सबैभन्दा धेरै अष्टलक्ष्मी शाक्यले मत पाउनुभएको छ भने दोस्रोमा सुरेन्द्र पाण्डेले रहनुभएको छ ।

उपाध्यक्षमा रामबहादुर थापा बादल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, युवराज ज्ञवाली निर्वाचित हुनुभएको छ ।  

अष्टलक्ष्मी शाक्यले १९७६ मत पाउनुभएको छ भने पाण्डेले १९२५ मत ल्याएका छन्। त्यस्तै विष्णु पौडेलले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र बादलले १७६८ मत पाप्त गर्नुभएको छ ।

एमाले अध्यक्ष केपी ओलीले भुसालबाहेक ६ जनालाई उपाध्यक्षमा प्रस्ताव  गर्नुभएको थियो । उपाध्यक्षमा नसमेटिएका भुसालले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ४ : ३८ बजे