झ्याप्लेखोलाबाट २५ शव निकालियो

एमाले महाधिवेशन : ७ प्रदेशबाट ३६ केन्द्रीय सदस्य निर्विरोध (सूचीसहित) 

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ महाधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रियामा सात वटा प्रदेशबाट निर्वाचित हुने ६३ केन्द्रीय सदस्यमध्ये ३६ जना निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचित समितिको प्रारम्भिक सूचीअनुसार लुम्बिनी, गण्डकी र प्रदेश २ बाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्य निर्विरोध भइसकेका छन् । हेर्नुहोस् कुन प्रदेशमा कस्तो छ ः

प्रदेश १
खुल्लातर्फः प्रतिस्पर्धा हुने
महिलातर्फ : उषाकला राई, निरा खनाल र मेनुका काफ्ले 

प्रदेश २ 
खुल्लातर्फः  प्रभु साह, अरविन्द सिंह, उपेन्द्र साह, राजकुमार लेखी, लिलानाथ श्रेष्ठ, सुमन प्याकुरेल 
महिलातर्फः कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमारी झा 

बाग्मती प्रदेश
खुल्लातर्फः प्रतिस्पर्धा हुने
महिलातर्फः पार्वती रावल, पेम्बा लामा र रचना खड्का

गण्डकी प्रदेश
खुल्लातर्फ स् इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत क्षेत्री, भुपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी 
महिलातर्फः  नरदेवी पुन मगर, मीनाकुमारी गुरुङ र सीमाकुमार क्षेत्री 

लुम्बिनी प्रदेश
खुल्लातर्फः खेममान खडका, दिनेश पन्थी, नविन रोक्कामगर, भुमिश्वर ढकाल, लिला गिरी र हरि रिजाल 
महिलातर्फः मेनका पोखरेल, सरिता खनाल भूसाल र सावित्रा अर्याल 

कर्णाली 
खुल्लातर्फः प्रतिस्पर्धा हुने
महिलातर्फः तीर्था गौतम, मीनासिंह रखाल र मोहनमाया ढकाल भण्डारी 

सुदुरपश्चिम 
खुल्लातर्फः प्रतिस्पर्धा हुने
महिलातर्फ स् प्रतिस्पर्धा हुने 
 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ५ : २४ बजे