झ्याप्लेखोलाबाट २५ शव निकालियो

एमाले महाधिवेशन : बागमती प्रदेशबाट तीन महिला केन्द्रीय सदस्यमा निर्विरोध, पुरुषमा प्रतिस्पर्धा हुन सक्ने

काठमाडौं । नेकपा एमालेको १० औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि बाग्मती प्रदेशबाट महिला कोटाका तीनै जना निर्विरोध भएका छन् । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा नै महिला कोटामा आवाश्यक संख्या तीनभन्दा बढीको उम्मेदवारी नपरेकाले बाग्मतीबाट तीन महिला नेतृ निर्विरोध भएका हुन् ।

जसअनुसार पार्वती रावल, पेम्बा लामा र रचना खड्काको मात्रै उम्मेदवारी परेकाले उनीहरू निर्विरोध केन्द्रीय कमिटी सदस्य बनेका हुन् । यद्यपि, यसको औपचारिक घोषणा निर्वाचन आयोगले गर्न बाँकी नै छ ।

तर, बाग्मती प्रदेशको ६ वटा पुरुष कोटामा आठ जनाको उम्मेदवारी परेकाले प्रतिस्पर्धा हुने सम्भावना छ । उम्मेदवारी फिर्ताको समयसिमाभित्र उम्मेदवारी फिर्ता नभए बाग्मती प्रदेशमा प्रतिस्पर्धा हुनेछ ।

बाग्मती प्रदेशको ६ कोटाका लागि आनन्दप्रसाद पोखरेल, कृष्णबहादुर राई, केदार क्षेत्री, कैलाशप्रसाद ढुंगेल, खेमप्रसाद लोहनी, रामवीर मानन्धर, रामेश्वर रानामगर र सरेश नेपालले उम्मेदवारी दिएका छन्, दुई जनाले मात्रै उम्मेदवारी फिर्ता नलिएकोे खण्डमा बाग्मती प्रदेशमा आन्तरिक निर्वाचनवाट नेतृत्व चयन हुनेछ । 

 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ४ : ०० बजे