झ्याप्लेखोलाबाट २५ शव निकालियो

एमाले महाधिवेशन : अध्यक्षसहित १४ पदाधिकारीका लागि आज मतदान हुने

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनबाट निर्वाचित हुने १९ मध्ये १४ पदाधिकारीको मतदान हुने भएको छ । निर्वतमान अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने भएको हो। वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवसहित ओलीले प्रस्ताव गरेको पाँच जनाको नाममा थप उम्मेदवारी नपरेकाले निर्विरोध भएको छ भने उपाध्यक्षमा युवराज ज्ञवाली, सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डेको नामप्रति असहमति जनाउँदै  घनश्याम भुसालले उम्मेदवारी दिएपछि ती पदमा प्रतिस्पर्धा हुने भएको हो।

यसैगरी, सचिवमा ओलीले प्रस्ताव गर्नुभएका टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छबिलाल बिश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिष्ट र पद्मा अर्यालको नामप्रति असहमति जनाउँदै भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि सो पदमा पनि प्रतिस्पर्धा हुने भएको हो।

अध्यक्ष, ६ उपाध्यक्ष र ७ सचिव पदका लागि आज राति मतदान हुनेछ । एमालेले गठन गरेको निर्वाचन आयोगले सोमवार राति ९ बजेदेखि मतदान गर्ने गरी निर्वाचन कार्यक्रम तय गरेको छ । 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १ : ११ बजे