झ्याप्लेखोलाबाट २५ शव निकालियो

वरिष्ठ उपाध्यक्षमा पोखरेलसहित उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध 

काठमाडौं । नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित चार जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल बाहेक अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने पक्का भएको हो । 

उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ। मनोनयनको म्याद सकिँदासमेत उपमहासचिव पदमा कसैको उम्मेदवारी नपरेपछि तीन जनाको पद सुरक्षित भएको हो ।

यद्यपी उहाँहरुको औपचारिक घोषणा हुन भने बाँकी छ ।
 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ११ : ४२ बजे