झ्याप्लेखोलाबाट २५ शव निकालियो

एमाले महासचिवमा शंकर पोखरेल निर्विरोध

काठमाडौं । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल निर्विरोध चयन हुनुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटी सूचीको अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुने पक्का भएको हो ।

निर्वाचन आयोगले औपचारिक जानकारी भने केही बेरमा गर्ने बुझिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ११ : ११ बजे