झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

एमाले महाधिवेशन : सहमति नभए विद्युतीय मतदान असम्भव

चितवन । एमाले महाधिवेशनमा सर्वसम्मत केन्द्रीय कमिटीको नेतृत्व चयन नभए विद्युतीय मतदान असम्भव हुने भएको छ । 

चितवनमा जारी सर्वसम्मतिको प्रयास असफल भए एमाले केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमा निर्वाचन गर्नुपर्ने हुन्छ । 

यसका लागि निर्वाचन समितिले विद्युतीय मतदान मेसिन तयारी हालतमा राखेपनि संसोधित विधानका कारण तत्काल विद्युतीय मतदान असम्भव हुने देखिएको हो । 

एमालेले विधान संसोधन अघिको केन्द्रीय पदाधिकारी र सदस्य संख्याको हिसाव गरेर मतदानको व्यवस्था गरेको थियो । तर विधान संसोधन गर्दै उपाध्यक्षसहितका पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप भएका कारण भोटिङ मेसिनमा पुनः पदाधिकारी र केन्द्रीय सदस्यको संख्या वढाउनु पर्ने अवस्था आएको छ । 

विद्युतीय मतदानको  तयारीमा रहेका प्राविधिकका अनुसार थपिएका पदाधिकारी र केन्द्रीय सदस्यको संख्यासमेत समावेश गरेर तत्काल विद्युतीय मतदान गराउन असम्भव छ । 

सहमति भएन र निर्वाचनमा जानुपर्ने अवस्था आएमा मतपत्र छाप्नुपर्नेछ । विद्युतीय मतदान गर्ने हो भने मतपत्र तयारीका लागि समय लाग्ने प्राविधिकहरु बताउँछन् । 
 
 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ६ : ०१ बजे