झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्यो 

काठमाडौँ । बङ्गलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । 

आज बिहान प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा बदली छ । तराईमा तुवाँलो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला दिनमा काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियसमा झरेको छ । सबैभन्दा कम तापक्रम माइनस  २.८ डिग्री रहेको छ ।

आज दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी भू–भागमा बदली रहनेछ भने ती क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना छ ।

राति प्रदेश १ र बागमतीका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

 

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ७ : ५४ बजे