काठमाडौँ ।नेकपा एमालेको दशौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बिहान १०ः०० बजेबाट बन्द सत्र सुरु हुने भएको छ ।
नारायणी नदी किनारमा शुक्रवार औपचारिक उद्घाटन भएको दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो ।
एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले आज बिहान १०ः०० बजे बन्द सत्र उद्घाटन हुने बताउनुभयो ।
आज १०ः०० बजे बन्द सत्र सुरु हुनेछ । बन्द सत्रको उद्घाटन सत्रलाई अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिले सम्बोधन गर्नुहुनेछ ।
एमाले महाधिवेशनमा विदेशी प्रतिनिधिमा भारत, बङ्गलादेश, श्रीलङ्कालगायत देशबाट नेताहरू आउनुभएको छ ।
बन्द सत्रमा आउने प्रतिनिधिलाई एमालेले आवास तथा भोजनको व्यवस्था गरेको छ । बन्द सत्रबाट नयाँ नेतृत्व चयन हुनेछ । महाधिवेशन १२ गते आइतबारसम्म चल्नेछ ।
प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार ६ : ५७ बजे
प्रतिक्रिया