झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

हिजो मेराे खुट्टा तान्नेहरू अहिले प्रधानमन्त्रीको खुट्टा समाइरहेका छन् : ओली

चितवन । एमाले अध्यक्ष केपी ओलीले हिजो आफ्नो खुट्टा तान्नेहरू अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा समाइरहेको बताउनुभएको छ । 

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै त्यस्तो बताउनुभएको हो  । केही दिनअघि प्रचण्डले आफू प्रधानमन्त्री नभए पनि प्रधानमन्त्री जस्तै भएको अभिव्यक्ति दिनुभएको थियो । 

प्रचण्डको सोही अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले भन्न्ुभयो – ‘आफू प्रधानमन्त्री नभए पनि देउवा नेतृत्वको सरकार आफ्नो हातमा रहेको र कठपुतली जस्तै नचाइरहने बताउन थालेका छन्।’ उहाँले प्रधानमन्त्रीले चाहेर पनि मन्त्रीहरूकै असहयोगका कारण राम्रो काम गर्न नसक्ने दाबी गर्नुभयो । 

ओलीले शान्ति प्रक्रियालाई सही ढंगले टुंगो लगाउन सहयोग गरिनेभन्दै यसलाई टुंगोमा लैजान माओवादी केन्द्रका नेताले नै नचाहिरेको बताउनुभयो । उहाँले महाधिवेशनपछि हजारौं पूर्वलडाकूलाई आफ्नो पार्टीमा प्रवेश गराउने र उनीहरुको व्यवस्थापन गरिने  बताउनुभयो । 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ४ : १० बजे