झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

ओलीले पृथकतावादी र हिंसात्मक आन्दोलन हटाए, स्वाभिमान बचाए  ः  कमल थापा 

चितवन । राप्रपा अध्यक्ष कमल थापाले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले देश र जनताका लागि दुईवटा महत्वपूर्ण कार्य गरेको भन्दै ओलीको तारिफ गर्र्नुभएको छ ।

एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै थापाले ओलीको नेतृत्वमा मधेसमा देखिएको पृथकतावादी आन्दोलन र सशस्त्र संघर्षको बाटोमा रहेका विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण बाटोमा ल्याउने महत्वपूर्ण कार्य भएको बताउनुभयो ।   

थापाले  कालापानी, लिम्पियाधुरा, लिपुलेकलाई समेटेर नक्सा जारी गरेको र सो नक्सालाई संविधानको अंगमा समावेशन गर्ने कार्यका लागि ओलीलाई धन्यवाद दिनुभयो थापाले नाकाबन्दीको समयमा समेत ओलीले स्वभामान देखाएको भन्दै अहिले पनि मुलुकमा विदेशीको रणनीीतक चलखेल बढेको भन्दै त्यसलाई रोक्नका लागि एमालेले महत्वपूर्ण निर्णय गर्ने अपेक्षा व्यक्त गर्नुभयो । 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  २ : १५ बजे