झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

एमाले महाधिवेशनले एकाबिहानै जुरमुराएको चितवन (फोटोफिचर)

​​​​​​​चितवन । संसद्को सबैभन्दा ठुलो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । 

चितवनको नारायणी नदी किनारमा भव्य रूपमा उद्घाटन सत्र गरेर एमालेले सौराहामा बन्दसत्र गरी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ । 

तीन दिनसम्म चल्ने महाधिवेशनको पार्टी अध्यक्ष केपी ओलीले आज मध्याह्न १२ः०० बजे उद्घाटन गर्ने कार्यक्रम छ । 

उद्घाटन कार्यक्रममा देशभरबाट पाँच लाखभन्दा बढी नेता–कार्यकर्ता चितवनमा उतार्ने एमालेको तयारी छ ।  

 

​​​​​​​

महाधिवेशनको उद्घाटनका लागि अहिले देशभरबाट चितवनमा नेता, कार्यकर्ता र शुभचिन्तकहरू आउने क्रम जारी छ ।

उद्घाटन समारोहको दिन बिहान चितवनमा देखिएका केही दृश्यहरूलाई चक्रपथ डटकमका सहकर्मी आशिष पौडेलले कैद गर्नुभएको छ । 

हेर्नुहोस् तस्बिरहरू :

​​​​​​​​​​​​​​

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ९ : ५८ बजे